हाम्रो समाज र अाउने पुस्ता ।।।
कस्तो छ त हाम्रो समाज र हामिले के दिएर जानेछौ हाम्रो अाउने पुस्तालाई ?
हाम्रो समाजको एक झल्लक।
कस्तो छ त हाम्रो समाज? अाजको समाजको कुरा गर्नु पर्दा, निकै दुख लाग्छ। अाजको समाजमा मानव्ता हराउदै गइरहेको छ र स्वार्थ, लोभ लालच, क्रुरता, अचेतना अादिको ब्रिघी भएको छ। समाजमा पेय पदार्थ ( जाड रक्सि, दारू, गाजा भाङ अादि) को प्रयोग बढेको छ। गाउँमा १८ बर्ष मुनिका धेरै बालक यस्ता पेय पदार्थ को सिकार भएको देखिन्छ । यो सब हाम्रो समाजको देन हो। पसलेलाई बेच्नु छ र पैसा कमाउनु छ, तेसैले लिनेमान्छेको हो नबुझि दिन्छन् । तेसै गरि अाफुलाई समाजका अगुवा भन्नेलाई त्यो देखिदै देखिन्न किनभने त्यो पेय पदार्थको प्रयोग गर्ने बालक उस्को छोरा होइन। त्यही समाजका अगुवालाई सलाम ठोकेर अाफ्नो पेय पदार्थको पसल चलाउने गरेका छन।
तेसै गरि समाजमा भइरहेको दाइजोमा पनि ठूलो योगदान छन् यी समाजका अगुवाको। समाजका अगुवाको परिवारलाई निकै ठूलो मानिनछ तर यथार्तमा समाजमा यस्तोलाई छुनु पनि पाप होला। समाजमा यी समाजका अगुवालेनै सबैभन्दा बढि दाइजो लिन्छन र समाजमा यो रितिरिवाज हो भनेर वढावा दिन्छन् । एउटा परिवारलाई अाफ्नो घर बेच्न बाध्य बनाई अाफ्नो छोरीको बिहे गर्ने कार्यक्रम कसरी रितीरिवाज हुन सक्छ । अाफ्नो प्यारो बुबालाई ऋिनी बनाई बिहे गर्ने कार्यक्रम कसरी रितीरिवाज हुन सक्छ । तेत्ति मत्रै का हुनु बिहेमा यति देहेज लेको छ तेसैले यस्तो यति खर्च गर्नुपर्नेछ अनि समाजमा नाम हुन्छ भनेर उस्काउने पनि यीनै समाजका अगुवा हुन।
यति मत्रै काहा हुनु मन त तब फुटेर अाउछ जब थाहा हुन्छ कि समाजका अगुवाले एउटा गर्भवती महिलालाई उसको सासू अामाले सानो कुराको न्यु पारेर मारिदिन्छ र समाजको अगुवाले अब गल्ती त भई हाल्यो अब यस्को समाधान गाउँको इज्जत भनेर गाउँका दुई चारवटा लाई सिकाएर प्रहरीचौकीमा अात्म हत्या भनेर कानुनलाई झुक्याएर समाजमा अाफु समाजको रखवाला भनेर चिनाउछन्। अब हजुर भन्नुस यो समाज कस्तो छ र काहा जादैछ।
हाम्रो समाजमा यस्ता हजारै घटनाहरू दबिएका छन्। समाजका अगुवाको कार्य याहामात्र काहा सकिनछर। समाजमा रहेका पढेलेखेकाहरूले यस्तो कार्यको बिरोधमा केही गर्न खोजदा समाजका अगुवाका ठूलो गुठ हुदोरहेछ गाउँमा र त्यही गुठ परिचालन गरि सबैलाई रोकिदिन्छन्। अर्को प्रसङ्ग यस्तो हुन्छ कि गाउँका पढेलेखेका र समाजमा सुधार ल्याउन खोजनेहरू बढिभन्दा बढि गाउँदेखि बाहिर रहेका छन् र यसै कारणले होला कि गाउँमा हजारौं यस्तो घटना घटेर पनि कसैको नजरमा अाको छैनन् । र यस्ता समाजका अगुवाले समाज झनै खोक्लो बनाई रहेका छन्।
अब यस्तो समाजले हाम्रो अाउने पुस्तालाई के दिरहेको छ र के दिएर जानेछन। अब यो समाजमा के को अाव्शयक्ता छ र कसरी त्यो अाव्शयक्ता पूरा गर्न सकिन्छ ।
अाफ्नो मनको कुरा कमेन्ट्मा राखिदिनु होला।।।।।
No comments:
Post a Comment