Wednesday, May 13, 2020

कोभिड-१९ माहामारिले प्रदेश-२(मधेस) लाई १० बर्ष पछाडी धकेल्ने।

दोस्तो प्रदेश-2 मा माहामारि कोभिड-१९ को प्रबेश र बिरद्धि, प्रदेशको लागि ठूलो दुर्भाग्यपूर्ण हो। प्रदेशको अव्सथा र स्वास्थ क्षेत्रको कमिकमजोरिको बारेमा सबै जाना पुर्नरूपले अव्ज्ञयद छौ। न त प्रदेश-२ को सरकार नै काम लायक छ, न त कुनै सरकारि निकायने। 

यदि यो माहामारि प्रदेश-२ मा फैलियो भने प्रदेश अझै १० बर्ष पछि धकेलिन जानछ। त्यसै त प्रदेश-2 (मधेस ) सबै प्रदेशभन्दा पछि छ, अझै १० बर्ष पछाडि पुग्दा हाम्रो अव्सथा के हुन जान्छ सोच्दा समेत डर लागेर आउँछ। मधेस र मधेसी सधै राजनितिखेल्ने अड्डा बनेकोले पछाडिएको हो तर यो माहामारि कोभिड-१९ ले झनैे दैनिय अव्सथा सिर्जना गरिदिएको छ। 

प्रदेश-२ को स्थितिबारे 
राज्य-2नेपालमा http://voiceofmadhesh.blogspot.com/2020/05/2.html?m=1 

मधेस नेपालको सबै भन्दा कमजोर प्रदेश स्वरूप बनाएर देको नेपाल सरकारले र ती लालचि नेताहरूले प्रदेशमा राज गर्न पाउने आसमा स्विकारे अब यहाको आम जनताले भोगनु पर्छ यस्को नतिजा। अब जब मधेसको बासि मधेसी बिदेश बट फर्किएपछि तिनलाई काहा जागिर खाने, घर कसरी चलाउने, छोराछोरी कसरी पढाउने जस्ता समस्या कोभिड-१९ ले निम्त्याउने छ। यसको जवाफ को संग छ?? के यसको जवाफ ती चोर मधेसी नेता संग छ त?? 

मेरो ख्यालमा ती चोर मधेसी नेताहरूको जवाफ भनेको, सरकारसँग माग राखने र मधेसीमाथि राजनिति गर्ने। अनि भन्छन् हाम्रो माग पूरा गर्नु पर्छ सरकारले।अन्त्यमा सम्सयाको सामाधान जनताले आफै खोजनु पर्नेछ।

पाहाडि मुलका नेताहरूले, पाहाडि समुदाय बसेका ठाउँमा राम्रो सुबिधा सम्पन्न अस्पताल खोलिदिएका छन। त्यस ठाउँमा ठुला साना उधोग, कल कारखाना, पिच बाटो, अनुसासित गाउँ घर, सहि बजार व्यवस्थापन, र अरू धेरै गरिदिएका छन। जसले गर्दा बिदेश फर्किने र स्वदेशका सबैलाई अवसरको सिर्जना गर्न सक्छन्।  तर मधेस र मधेसीको के??? ठूलो प्रशन हो साथि?? सायद हाम्रो समाज पनि यस्तै हुन्थ्यो होला तर हामिने त्यसतो प्रतिनिधि चुनेनौ। सायद आज हाम्रो मनमा यस्तै प्रशनको बाढी आउदैन थियो होला।

एउटा सायरि सम्झिए--- 
हमेतो अप्नोने लुटा गैरोमे काहा दम था।।
मेरि किस्ति डुबि वाहा था जाहा पानी सबसे कम  था।

यस्तै 
मधेसलाई डुबाउने मधेसी नेतानै हो, अरूमा काहा दम थियो। मधेस सुधारने मधेसीको हाथमा छ। "ढिलो भयो त?" मलाई सोधनु हुन्छ भने, मेरो जवाफ "छैन "। जब देखि सुरू गर्छौं सुरू हुन्छ नै। तेसो भए सुरू गरौनत।

तेसो भए 
अब भोट पैसाको सट्टा नबेचौ।
अब समाजको असललाई मौका दिअौौ।
अब भोट बिकासको नाममा होइन बिकास गर्ने रणनीति भएकोलाई दिअौ।
अब भोट आफ्नो लागि मत्र होइन आफ्नो आउने पुस्ताको लागि दिअौ।
अब भोट मासु दारू को सट्टा होइन समाजमा यसको प्रयोग कम गर्नको लागि दिअौ।
अब भोट घुस लिएर काम गर्नेलाई होइन सहि काम गर्नको लागि दिअौ। 


साथि हो अरू बुन्दा हजुरले लेखी दिनु होला।।

No comments:

Post a Comment